तनहुँमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु, एक घाइते
तनहुँ | कात्तिक १३, २०८०
तनहुँ: तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भानु नगरपालिका– ७ रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११ः५५ अरिङ्गाल पोल्ने क्रममा घाइते हुनु भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् ।
निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

